मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै कांग्रेससहितका विपक्षीलाई पठाए पत्र

होमल्याण्ड खबर

२०८० असार १४ गते, बिहीबार १३:५८ मा प्रकाशित

विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी नेपाली कांग्रेससहितका दललाई लिखित पत्र पठाएका छन् ।

आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।