कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

होमल्याण्ड खबर

२०८० असार १४ गते, बिहीबार १५:२८ मा प्रकाशित

कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू भएको छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने भएका छन् ।

सरकारमा गएका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

कूल ९२ सांसद रहेको कोशीमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । सत्तारुढ घटक एमाले र राप्रपासँग ४६ सांसद छन् ।

नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुखसहित) १३, नेकपा एसका ४ र जसपाका १ गरी विपक्षी गठबन्धनसँग ४७ सांसद छन् ।