विश्वासको मत नपाए मध्यावधि चुनाव हुन्छ : मुख्यमन्त्री कार्की

होमल्याण्ड खबर

२०८० असार १४ गते, बिहीबार १६:१८ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै उनले राम्रो काम गरेकाले विश्वासको मत दिन आग्रह गरे । अन्यथा विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिए ।