२५ बैशाख २०८३, शुक्रबार
जिल्ला अदालत ललितपुरमा कार्यरत रहेकी नायव सुब्बा प्रेमिका तामाङलाई एक कानुन व्यवसायीले हातपात गरेकाे विराेधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्।
बुधबार जिल्ला अदालत ललितपुरको फाँटमा एक कानुन व्यवसायीले तामाङमाथि हातपात गरेका थिए ।


उक्त कार्यको विरोधमा चारवटा कर्मचारी संगठनले बिहान १० बजेदेखि अपराह्न १:३० बजेसम्म आह्वान गरेकाे हड्तात जारी रहेको कर्मचारी संगठनहरुले बताएका छन्।
कर्मचारीको आन्दोलनका कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राही मर्कामा परेका छन्। कर्मचारीको आन्दोलनले अदालतको काम कामकारबाही प्रभावित भएका छन्।
प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको छ। तर कर्मचारी संगठनहरु हड्तालमा उत्रेका छन्।
उनीहरुको आन्दोलनले मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने मर्कामा परेका छन्।