२ चैत्र २०८२, सोमबार
सत्तारुढ गठबन्धन दलको बैठक आज बस्ने भएकाे छ ।
बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएकाे हाे ।


बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सिके राउतबीच सरकारमा सहभागी हुने विषयमा सकारात्मक छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । त्यसका लागि आजको बैठकमा कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि छलफल हुने बताइएकाे छ।
सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री छन् । त्यसमध्ये पर्यटन मन्त्री सुदन किराती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने आँकलन गरिएको छ । यद्यपि प्रचण्ड कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।