२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखा परेको बताएका छन् ।
सोमवार स्व.गिरिजाप्रसाद कोईरालाको १००औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताएका हुन् ।


राम्रो विचार र राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आए उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको उनले बताए । ‘सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखिएको छ, उनले भने, हाम्रोभन्दा राम्रो विचार र एजेण्डा लिएर आउने कोही छ भने हामीलाई ठाउँ छोड्दिन केही गाह्रो छैन । तर म हजारौँ पटक विचार गर्छु, त्यस्तो स्थिति छैन ।
नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने उनले बताए ।