ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

होमल्याण्ड खबर

२०८० असार १८ गते, सोमबार १६:११ मा प्रकाशित

बालुवाटारको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रमेश कुमार पोखरेल र देवनारायण महर्जन रहेको केन्द्रीय प्रहरी अनुसनधान ब्यूरो सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।

पोखरेल समर्जिङ कम्पनिका तत्कालिन प्रमुख हुन्। महर्जन नक्कली मोही भएको एसएसपी आचार्यले बताए।