एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

होमल्याण्ड खबर

२०८० असार २० गते, बुधबार १६:३२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभा बैठक  आधा घण्टाका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बुधबार एमाले नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरे । उनले मुलुकको सार्वभौमसत्ताविरुद्ध बोल्ने प्रधानमन्त्री चाहिएको होइन, नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको बताए ।