कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, जबेगू र सुनुवार विनाविभागीय मन्त्री

होमल्याण्ड खबर

२०८० असार २२ गते, शुक्रबार १०:२९ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए ।

थापाले नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुलाई विनाविभागीय मन्त्री बनाएका छन् । उनीहरूले पनि थापासँगै शपथ लिएका छन् ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।