२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार
२०८० असार २२ गते, शुक्रबार ११:०६ मा प्रकाशित
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरूको संलग्नता देखिएकाले पक्राउ पुर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।


सो प्रकरणमा तत्कालीन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।
पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी गराउने तयारी गरेको बुझिएको छ ।
सो प्रकरणमा प्रहरीले पूर्वसचिवहरुसमेत गरी ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको बुझिएको छ । तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ११२ रोपनी जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2026 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology

