संसदकाे अवरोध हटाउन सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्दै

होमल्याण्ड खबर

२०८० असार २२ गते, शुक्रबार ११:११ मा प्रकाशित

 संसद बैठकमा विपक्षीले गरेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले लगातार अवरोध गरेर सदन चल्न नदिएपछि सभामुख घिमिरेले दलका सचेतकहरूसँग छलफल गर्ने भएका हुन्।

जस अनुसार सभामुख घिमिरेले विहान ११ प्रतिनिधिसभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक अवराेध गरी चल्न दिएका छैनन्।