२४ बैशाख २०८३, बिहीबार
पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा ५३ तोला भएको भन्दै मुचुल्का गरिएको छ ।
‘जलहरी निर्माणमा प्रयोग भएको सुनका टुक्रा र धुलोहरु त्यतिबेला संकलन गरिएको थियो, अख्तियारले अनुसन्धान थालेपछि त्यसलाई नजोखी यत्तिकै राखिएको थियो’ पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीले भने, ‘धुलोमा मिसिएको, टुक्राटाक्री र अरु सुनका कणहरु संकलन गरेर गाल्ने काम भइरहेको थियो । आज जोखेर हेर्दा ५३ तोला भएछ । हामीले आजै मुचुल्का गरेर राखेका छौं ।’

