२ चैत्र २०८२, सोमबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजकाे राष्ट्रियसभा बैठक पनि अवरूद्ध पारेपछि स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले आइतवारकाे राष्ट्रियसभा बैठक पनि अवरूद्ध पारेको हो।


अर्को बैठक सोमबार बिहान ११:१ बजे बस्ने जानकारी दिँदै अध्यक्ष तिमिल्सिनाले आइतबारको बैठक स्थगित गरे।
राष्ट्रिय सभाको आइतबारको बैठकको सुरुमा एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, एमसीसीलगायतका विषयमा नाटक गरेर देशको स्वाभिमानविरूद्धमा पटकपटक धावा बोलेको बताइन्। उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म बैठक अवरोध कायम राख्ने बताइन्। त्यसपछि एमाले सांसदहरूले उठेर विरोध जनाए।
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले सांसदहरुलाई पटक–पटक बस्न आग्रह गरेपनि उनीहरुले अबरोध जारी गरेपछि बैठक स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि एमालेले संसद् अवरुद्ध पारिरहेकाे छ ।