२ चैत्र २०८२, सोमबार
ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जनालाई पक्राउ गरेको छ ।
पूर्वनायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।


उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ परेका पौडेल र मिश्र डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत थिए ।