२ चैत्र २०८२, सोमबार
काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आज बिहान सुन्धारास्थित महानगर कार्यालय अगाडि भेला भएकाहरुले गरीखान देऊ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
महानगरको यस्तो शैलीबाट दैनिक गुजारा चलाउन कठिन भएको भन्दै उनीहरु आज बिहान महानगरपालिका कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतसमेत गाएका थिए ।


काठमाडौं शहर सम्भ्रान्त वर्गको लागि मात्र भएजस्तो व्यवहार गरिएको भन्दै उनीहरुले यो शहर कसको लागि हो भनेर पनि प्रश्न गरेका छन् ।