बीआरआईकाे कार्यान्वयनबारे चीनसँग छलफल जारी : परराष्ट्रमन्त्री साउद

होमल्याण्ड खबर

२०८० असार २८ गते, बिहीबार १३:५८ मा प्रकाशित

परराष्ट्रमन्त्री एनपी साउदले चीनसँग भएको बीआरआई परियोजना कार्यान्वयनका लागि छलफल जारी रहेकाे बताएका छन्।

बिहिवार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्री साउदले नेपाल चीनबीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताए। परराष्ट्रमन्त्री साउदले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्य अध्ययन र दुईदेशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको पनि जानकारी गराएका छन्।

परराष्ट्रमन्त्री साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको,पारस्पारिक हित र लाभका आधारमा छिमेकीलगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिए।