मनमोहन कार्डियोथोरासिकका फार्मेसी अधिकृत मृत फेला

होमल्याण्ड खबर

२०८० असार २९ गते, शुक्रबार १३:५२ मा प्रकाशित

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत अवस्थामा भेटिएका छन् ।

उनी अस्तालकै फार्मेसीमा काम गर्ने फार्मेसी अधिकृत ३५ वर्षीय अमृत पोखरेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

अर्घाखाँचीको शितगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

बिहान करिब पौन ८ बजे दुई तलामाथि स्टोर रुम नजिकको भर्‍याङ नजिक कपडाको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन्।उनको पोस्टमार्टम गर्ने तयारी भएको एसपी रिजालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।