२ चैत्र २०८२, सोमबार
सत्ता गठबन्धनमा रहेको जसपाले मिटरब्याजसम्बन्धी विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै राेक्ने प्रयास गरेपछि गृहमन्त्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका छन्।
यथास्थितिमा विधेयकको पक्षमा मत दिन नसक्ने अडान लिएपछि श्रेष्ठले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने भएका हुन्।


यसै विषयमा दिउँसो साढे ३ बजे गृहमन्त्रालयमा छलफलका लागि बोलाएको जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए।
असार २० यता विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा थियो तर सत्तारूढ दल जसपाले नै विधेयकको विपक्षमा मतदान गर्ने जानकारी दिएपछि शुक्रबारको सम्भावित कार्यसूचीमा राखिएको छैन ।
मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाई नदिने वा लिखत नबनाउने कार्यलाई कसुरको रूपमा प्रस्ताव गरेको छ । तर, जसपाले यसका केही प्रावधानहरूकाे विराेध जनाउदै आएको छ।