२ चैत्र २०८२, सोमबार
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास जारी राख्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको छलफलका क्रममा उनले अहिले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त हुन नसकेको दाबी गरे ।
‘अहिले मतभेद वा अरु कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको हौइन, बरु कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक हुन नसकेको हो’, उनले भने, ‘अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु ।’


नेपालमा प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्यायपरिषद बैठकले न्यायाधीश नियुक्ति सिफारिस गर्ने गर्छ । तर प्रधानन्यायाधीश र कानुनमन्त्रीबीचको मतभेदले बैठक बस्न नसकेको समाचारहरु सार्वजनिक भएका छन् ।