२ चैत्र २०८२, सोमबार
केन्द्रीय समितिको बैठकका एजेन्डाबारे धारणा बनाउन गर्न नेपाली कांग्रेसको इतर समूहका नेताहरु छलफलमा जुटेका छन्।
काठमाडौंको विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो ।


केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन्।
सोही बैठकमा प्रस्तुत हुने एजेन्डा कुन-कुन विषयलाई बनाउने भन्नेबारे शेखर-गगन समूहले साझा धारणा बनाउन लागेको हो ।