एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

होमल्याण्ड खबर

२०८० श्रावण १ गते, सोमबार १२:४१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।  बैठक कीर्तिपुरको चम्पादेवीमा बसेको हो । बैठकमा आज पनि राजनीतिक र सैद्धान्तिक विषयमा नेताहरूले धारणा राख्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको सचिवालय बैठक गएको शुक्रबार र शनिबार पनि बसेको थियो । आइतबार पनि बस्ने तय भएपनि पार्टीबाट मन्त्री बनेकाहरूको कार्यव्यस्थताले बैठक आजका लागि सारिएको थियो ।

बैठकमा छलफलका लागि सात एजेन्डा तोकिएको छ । बैठकमा वर्तमान परिस्थिति र कार्यभारमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

यी हुन् बैठकका एजेन्डा

Baithak1689572736.jpg