कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु

होमल्याण्ड खबर

२०८० श्रावण ३ गते, बुधबार ११:४२ मा प्रकाशित

 नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।

बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको हो।

हिजोबाट सुरु भएको जारी बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने बताइएको छ ।

बैठकको पहिलो दिन मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् । बुधवारकाे केन्द्रीय समिति बैठक पनि प्रत्यक्ष प्रसारण गरिएको छ।

मंगलबारको बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका छन् । थापाले २०८० को साउनदेखि ०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डर प्रस्तावको रुपमा पेस गरेका हुन् ।

बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिए भने  प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेका थिए।