सिनामंगलमा शङ्कास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण ३ गते, बुधबार १२:४९ मा प्रकाशित

काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसल बम राखेको  आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

घट्नास्थलबाटै पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशाला लगिएको छ । ती व्यक्तिको परिचय भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।

यसअघि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले वस्तु निष्क्रिय पारेको थियो।  शंकास्पद वस्तुसँगै ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को पर्चासमेत भेटिएको छ । संयोजक सफलका नाममा रहेको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुस् तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ ।सावधान रहनुहोला ।”

पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर ५ लाख रुपैयाँ पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु फेला परेकाे हाे।