धुलिखेल बस दुर्घटना अपडेट : ७ जना घाइते, उद्धार जारीनै

होमल्याण्ड खबर

२०८० श्रावण ३ गते, बुधबार १७:०१ मा प्रकाशित

 धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ। भक्तपुरको साँगामा रहेको महादेव मन्दिर जाने साँगा पुल नजिकै बस भीरबाट खसेको हो। अहिले उद्धार कार्य जारी छ।

७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको हो।

भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरिले जनाएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ। अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरिले जनाएको छ । बसमा ३०/३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।