२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।
शुक्रवार प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सुन तस्करीबारेको छानबिनमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने उनको माग छ । दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए।


उनले अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए। उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुनबारे थाहा पाउँदा सम्बन्धित निकायलाई थाहा नहुनु शंकाको विषय रहेको उल्लेख गरे ।
‘प्रधानमन्त्री शोकमा हुनुहुन्छ । यहि बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो ।