२ चैत्र २०८२, सोमबार
पार्टीको नेतृत्व परिवर्तन र संसदीय दलको नेता फेर्ने कुरा गरेको भन्दै कांग्रेस बैठकमा महामन्त्री गगन थापाको आलोचना भएको छ ।
केन्द्रीय समितिको चौथो दिनको बैठकमा शुक्रवार केन्द्रीय सदस्य अजयकुमार चौरसियाले नेताले मिडियामा के बोल्ने र के बोल्न नहुने भन्ने विषयमा आचारसंहिता बनाउनु पर्ने बताए ।


‘अनुशासनको सवालमा पार्टीले दह्रो निर्णय गर्नुपर्यो, के कुरा मिडियामा बोल्ने ? के संसदीय दलमा बोल्ने भनेर’ चौरसियाले भने, ‘महाधिवेशन भएको डेढ साल भएको छैन, संसदीय दलको चुनाव भएको ७ महिना भएको छैन । नेता परिवर्तन गर्ने कुरा आएको छ । यो जनताको बीचमा गएर बोल्ने कुरा हो ?’