नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

होमल्याण्ड खबर

२०८० श्रावण ९ गते, मंगलवार ११:५८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बैठक आज दिउँसो ४ बजे आफनै निवास धुम्वराहीमा बोलाएका हुन् ।

कांग्रेस पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले केन्द्रीय समिति बैठकमा उठेका प्रश्न, एजेण्डामाथी केन्द्रीय सदस्य देखि उपसभापतिसम्मले ब्यक्त गरेको धारणा र अब बैठकले लिने निर्णयका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो ४ बजेसम्मलाई स्थगित छ ।

त्यस अगाडी देउवाले पदाधिकारीसग छलफल गर्न लागेका हुन् । केन्द्रीय समितिमा अब सभापति देउवाले बोल्न बाँकी छ । साउन २ बाट कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।