२ चैत्र २०८२, सोमबार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ।
१०० किलो सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिँनुपर्ने बताउँदै एमालेले राजीनामा माग्ने तयारी गरेको हो ।


यसकै तयारीका लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको छ। दलको बैठकले थप रणनीति तय गर्ने प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।
प्रतिनिधि सभाको बैठक आजै दिउँसो १ बजे बस्दैछ ।