संसद भवन अघि लघुवित्त पीडितको प्रदर्शन

होमल्याण्ड खबर

२०८० श्रावण १० गते, बुधबार १२:५० मा प्रकाशित

नयाँ बानेश्वरमा लघुवित्तीय संस्थाका पीडितहरूले प्रदर्शन गरेका छन्।

केही दिनदेखि काठमाडौंमा न्याय माग्न आएका उनीहरू आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन्।

सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका हुन्। महिनौंदेखि आन्दोलनरत लघुवित्तपीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको छ ।

निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ।