आज राष्ट्रिय सभामा मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुँदै

होमल्याण्ड खबर

२०८० श्रावण ११ गते, बिहीबार ११:०९ मा प्रकाशित

राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।