स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

होमल्याण्ड खबर

२०८० श्रावण १२ गते, शुक्रबार १०:२५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहान १० बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।