१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ।


त्यसैगरी सदन सुचारु गर्ने र विभिन्न विधेयकहरुलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको छ।
भेटवार्ताको क्रममा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।