माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक ‘लाइभ’ गर्ने

होमल्याण्ड खबर

२०८० श्रावण १५ गते, सोमबार ११:२० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ।

साउन १७ गतेबाट बस्ने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय भएको सचिव दीनानाथ शर्माले जानकारी दिए।

उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने जानकारी दिए।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको उनले बताए। केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ।

यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो।