पार्टी कार्यालय भत्काउन आउने बालेनकाे डोजर रोक्न राप्रपाका कार्यकर्ता सडकमा

होमल्याण्ड खबर

२०८० श्रावण १५ गते, सोमबार १३:३६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ।

महानगरका प्रमुख बालेन्द्र साहको निर्देशनमा मापदण्ड विपरीत बनाइएको धुम्बाराहीस्थि पार्टी कार्यालय हटाउन लागिएपछि कार्यालयमा राप्रपाका नेता तथा कार्यकर्ताको भीड लागेको हो।

आज महानगरपालिकाको टोली डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि राप्रपाका नेता कार्यकर्ताहरूले अवरोध गर्ने जनाइरहेका छन् ।

डोजर जाने बाटोमा राप्रपाका कार्यकर्ताले गाडी तेर्स्याएर राखेका छन् भने कार्यालय परिसरमा ठुलो सङ्ख्यामा भीड लागेको छ ।

यसअघि शुक्रबार महानगरले राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो। सो समयमा राप्रपाले कार्यालय नहटाएपछि महानगरले आज डोजर चलाउन लागेको हो।