आफ्नो माग पुरा नभए अनशन बस्ने डा.गोविन्द केसीको चेतावनी

होमल्याण्ड खबर

२०८० श्रावण १५ गते, सोमबार १५:०१ मा प्रकाशित

डा.गोविन्द केसी सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखेका छ्न । उनले यसअघि आफूहरुसँग गरेका सहमति कार्यान्वयनको लागि १४ दिनको अल्टिमेटम दिएका छन् । त्यो समयभित्र माग पूरा नभए अनशन थाल्ने उनको चेतावनी छ ।

आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै डा। केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए । उनले भने,‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ ।’