१ चैत्र २०८२, आईतवार
संवैधानिक परिषद्को बैठक आज (मंगलबार) बस्दै छ।
बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ ।


परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।
पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ । बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ।
संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।
संविधानको धारा १८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ । संविधानमा सर्वोच्च अदालतमा नियुक्त भएको तीन वर्ष कटेका न्यायाधीशहरू प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने उल्लेख छ ।