१ चैत्र २०८२, आईतवार
निर्माण व्यवसायीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित आज ९मंगलबार० बिहान विरोध प्रदर्शन गरेका हुन् ।
सोमबार पनि निर्माण व्यवसायीहरूले सेफ्टी हेलमेट र ज्याकेट लगाएर प्रदर्शन गरेका थिए।


निर्माणकार्यको भुक्तानी र म्याद थपलगायत नौबुँदे मागसहित केही दिनयता व्यवसायीले आन्दोलन गर्दै आएका छन्।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका मागहरुलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुलाई ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।