रविले सुरु गरे मोबाईल क्लिनिक र महिलाका लागि निःशुल्क बस सेवा

होमल्याण्ड खबर

२०८० श्रावण १७ गते, बुधबार १३:१६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।

बुधवार सभापति लामिछानेले बस सेवाका साथै आफ्नाे निर्वाचन क्षेत्र लक्षित मोबाईल क्लिनिक पनि सुरू गरेका हुन्।

बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।

त्यसअघि, उनले चितवन–२ मा सचिवालय उद्घाटन गरेका थिए ।

ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्ने जनाइएकाे छ।