सुन तस्करी प्रकरण : भन्सार एजेन्ट रुक्मिना रिहा

होमल्याण्ड खबर

२०८० श्रावण १९ गते, शुक्रबार १०:४८ मा प्रकाशित

 करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा ‘जिम्मा जमानी’मा रिहा भएकी छन्।

उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने सर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागले जनाएकाे छ।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सुनमा असंलग्न रहेकाे भनी  नभइ उपचार प्रयोजनार्थ उनलाई रिहा गरिएको हो ।

घाँटीमा क्यान्सर देखिएपछि उनले उपचार गराइरहेकी छिन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।