२४ बैशाख २०८३, बिहीबार
आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलि बुधवारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न मेयरको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेस्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षेरहिउँदेरस्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म बिदा दिने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए ।


विद्यार्थीहरूलाई सुरक्षितरूपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरले अनुरोध गरेको छ ।
