२४ बैशाख २०८३, बिहीबार
मदन पुरस्कार २०७९ का लागि छनोट भएका पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले बुधबार विज्ञप्ति निकालेर पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो ।
सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घरलाई श्रेष्ठ पाँचको सूचीमा राखिएको छ । यनै पाँच कृतिमध्ये एकलाई सर्वोत्कृष्ट कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिनेछ । हाल मदन पुरस्कारको राशि चार लाख रूपैयाँ छ ।

