१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।
विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।


संविधानलाई सुधार गर्दै लैजाने र त्यसको सार्थक कार्यान्वयनको माध्यामबाट नेपाली जनताको चाहनालाई पूरा गर्ने काम नेपाली काँग्रेसबाहेक अन्य दलले पुरा गर्न नसक्ने उनको भनाइ छ।
महामन्त्रीथापाले भने-‘यो संविधान अपर्याप्त छ। यसलाई पर्याप्त बनाउने हो । यसलाई थप सुधार गर्दै लिएर जाने हो । र, कांग्रेसले नै यसलाई सार्थक कार्यान्वयन गर्दै यही व्यवस्था भित्र हामी सबैको चाहनाहरुलाई सम्बोधन गर्दै जाने स्थिति बनाउनु पर्छ। हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौं भने अरु कसैले पनि त्योभूमिका निर्वाह गर्न सक्दैन। यो मैले अहंकार राखेर भनेको होइन । नेपाली कांग्रेससँग त्यो समन्वय गर्ने तागत छ । ’