२४ बैशाख २०८३, बिहीबार
आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमा कपन क्षेत्रमा रहेको चखुंञ्चा खोला उत्खनन गर्न महानगरको टोली डोजरसहित पुगेको छ।
खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको हो ।


बिहीबार दिउँसो पनि काठमाडौं महानगरपालिकाले डोजर लिई खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो।
त्यस्तै, स्थानीयहरूले भने बूढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरू बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन्।
उनीहरूले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखेका छन्। उनीहरूले भूमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए।