भेरी नदीमा खसेर एक जना बेपत्ता

होमल्याण्ड खबर

२०८० श्रावण २८ गते, आईतवार १३:०९ मा प्रकाशित

जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन्।

भेरी नगरपालिका-७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरी नदीमा खसेर बेपत्ता भएका हुन् ।

शिवालय गाउँपालिका छेडाचौर बजारबाट घर फर्कँदै गर्दा छेडागाड नगरपालिका-१३ गारातारामा रहेको सुर्खेत-छिन्चु-जाजरकोट सडक खण्डबाट खसेर उनी नदीमा बेपत्ता भए।

उनको खोजी भइरहेको तर नदीको बहाव धेरै भएकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।