५ मंसिर २०८१, बुधबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ।
आइतबार विशेष पत्रकार सम्मेलन गर्दै एमालेले सुन प्रकरणको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने बताएको हो।
एमालेले समिति गठन नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने पार्टीको नीति रहेको बताएको छ। सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमो क्रियाशील रहेको एमालेको आरोप छ।
‘यो माग पूरा नहुँदासम्म निरन्तर दबाबका कार्यक्रम गर्ने पार्टीको स्पष्ट नीति रहेको छ। सरकारको संरक्षणमा तस्करीका धन्दाहरू मौलाउन थालेका छन्। सरकारले विपक्षीहरू प्रति प्रतिशोध साँध्ने र अपराधहरूलाई ढाकछोप गर्ने बाटोमा उद्धत छ,’ एमालेले भनेको छ।
एमालेले आफ्नो विज्ञप्तिमा वर्तमान सरकार भ्रष्टाचार र तस्करीको पक्षमा रहेकाले आगामी दिनमा यस सरकारले मुलुकलाई झनै जोखिमतिर धकेल्ने उल्लेख गरेको छ।
‘एमालेले सुन प्रकरण र चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरूको निष्पक्ष छानबिन हुनुपर्छ। तस्करी र राज्यको साधन स्रोतको दोहन गर्ने अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ भन्नेमा स्पष्ट छौं। यसका लागि निरन्तर प्रयत्नशील छौं। वर्तमान सरकार राष्ट्रियहितको रक्षा गर्न पूर्णतः असफल भएको छ। सरकार टिकाउन जस्तो सुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने सरकारले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने टड्कारो छ,’ एमालेले भनेको छ।