५ मंसिर २०८१, बुधबार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोह नरहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले सत्तामा जान हेरको छैन भनेर सरकारले जे गर्न पनि नपाउने बताए ।
“एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुप्ता, सत्तातिर हामीले हेरेका छैनौं ,”हामीलाई हेर्नुपनि छैन,” उनले भने, “ तर, यसको अर्थ सरकारले जे पनि गरे हुन्छ भन्ने चल्दैन । जे पनि गर्न पाउँदैन ।”