५ मंसिर २०८१, बुधबार
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले पदभार ग्रहण गरेकी छन् ।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले पदभार ग्रहण गरेकी हुन्।
उनलाई निवर्तमान सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पनि स्वागत गरेका थिए।
यसअघि जनमत पार्टीकी सांसदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएकी थिइन्।