१० मंसिर २०८१, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धविरुद्धमा नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।
निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले सिद्धार्थ राजमार्गको बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा प्रदर्शन गरेका हुन् ।
मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीलाई सहुलियत देउ, महँगी घटाऊ‚ नागरिकलाई बाँच्न देऊलगायतका नारा र प्लेकार्डसहित बिहान ८ देखि एक घण्टा चक्काजाम गरेका थिए ।
सरकारले प्रटोलमा ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेको छ।