१ चैत्र २०८२, आईतवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धन दलले भ्रष्टाचारका काण्ड ओझेलमा पार्न लागिपरेको आरोप लगाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण सत्ता गठबन्धन दलले मिलेमत्तोमा ओझेलमा पार्न लागेको उनको आरोप छ।


अनुसन्धानमा संलग्न मुख्य–मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र आफू अनुकूलका मान्छे ल्याएर अनुसन्धानलाई फासफुस पार्ने काम हुन लागेको उनको आशंका छ।
‘नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्यो रे। अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ के यो सत्य हो रु होस गरेस् ,हामी जागा छौँ । अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न।’