५ मंसिर २०८१, बुधबार
कोशी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा सभामुख बाबुराम गौतमले दिएको राजीनामा पत्रको जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।
आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकबाटै आर्थिक वर्ष २०८०/८१ को बजेट अध्यादेश सम्बन्धी छलफल प्रारम्भ हुनेछ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रक्रिया सकिएपछि गत असार १५ गते बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सबै राजनीतिक दलहरूलाई विश्वासको मतका लागि आग्रह गरेको छ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले भदौ १४ गतेभित्र विश्वासको मत लिनुपर्ने हुँदा दलहरू माँझ विश्वासको मतका लागि आग्रह गरिएको जानकारी दिए।